सकारात्मक मनोवृति | Design your attitude

 सकारात्मक मनोवृत्ति

Design your attitude


सकारात्मक मनोवृत्ति तपाईको मनको रूप हो।  मनको रुप भनेको तपाइको सामान्य गुण  हो जो तपाइको बाल्यकाल देखि नै निर्माण भएको हुन्छ।  मनोवृत्ति नै सबै कुरा हो यसले तपाइको पुरै बानी व्यवहारलाई प्रभावित पार्दछ।  सफलताको लागि र सफल जीवनका लागि सकारात्मक मनोवृत्ति धेरै महत्त्वपूर्ण हुन्छ।  

सफलता सकारात्मक मनोवृत्तिको परिणाम हो।
जीवनमा मनोवृत्तिले सफलताको लागि 85% भूमिका खेल्दछ र बाँकी 15% ज्ञान, सीप, अनुभव आदिको कारण हुन्छ। मनोवृत्ति व्यक्तिको पहिचान हो।  दृष्टिकोण व्यक्तिगत र व्यावसायिक जीवनको हरेक क्षेत्रमा लागू हुन्छ।  हरेक क्षेत्रमा राम्रो र सिद्ध हुनको लागि सकारात्मक मनोवृत्ति चाहिन्छ।  कर्मचारीलाई, अफिस प्रबन्धकलाई, उसको मनोवृत्तिले उसको पहिचान गर्छ र उसलाई पूरा गर्छ।  असल शिक्षक, असल विद्यार्थी, असल मानिस उसको मनोवृत्तिबाट प्रभावित हुन्छ। आखिर असल भनेर कुन कुरालाई कहालिन्छ त, त्यो हो व्यक्तिको मनोवृत्ति। व्यवसायी, अभिभावक, पति/पत्नी, उद्यमी, हरेक व्यक्ति सकारात्मक सोचविना सफल र पूर्ण हुन सक्दैनन् ।  त्यसैले व्यक्तिको पहिचान उसको मनोवृत्तिमा लुकेको हुन्छ।  तपाईको दृष्टि तपाइको मनोवृत्ति तपाईले रोज्नु भएको कुनै पनि क्षेत्रमा सफलताको कुञ्जी हो। तपाइको दृष्टिले तपाइँको सफलता निर्धारण गर्दछ।  तपाईको सन्तुष्टि, तपाईको खुशी, तपाईको आनन्द सबै तपाइको मनोवृत्ति मा निर्भर गर्दछ।

जीवनको जित र हार तपाइको मनोवृत्ति द्वारा निर्धारण हुन्छ। तपाइको दृष्टिकोणले तपाइको लक्ष्य, तपाइको सफलतालाइ प्रभावित पार्दछ। सकारात्मक दृष्टिकोण भएकाहरूले जताततै अवसरहरू देख्छन्।  चुनौती र कठिनाइलाई पनि एउटा राम्रो अवसरका रूपमा लिन्छन र त्यसबाट धेरै पाठ सिक्छन।  सकारात्मक दृष्टिकोणले मानिसलाई जित भन्दा पनि हारबाट ठूलो पाठ सिकाउँछ।  सकारात्मक सोच हुनेहरूका लागि हार पनि अवसर हुन्छ, सफलताको सिढि हुन्छ भने नकारात्मक सोच्नेहरूका लागि यो बाधा बन्छ।  हरेक व्यक्तिको दृष्टिकोण बाल्यकाल देखि नै विकसित भएको हुन्छ। मनोवृत्ति एकै झटकामा बन्दैन, न त रातारात परिवर्तन हुन्छ। यसका लागि धेरै समय लाग्छ। बन्न र परिवर्तन हुन अवश्य सक्छ तर केहि समय लाग्छ। तपाईं हुर्केको वातावरणको कारणले मनोवृत्ति प्रभाव पर्दछ। सामान्यतया वातावरणभित्र घर, विद्यालय, समाज, वरपरका मानिसहरू, शिक्षा, आदि समावेश हुन्छन। हाम्रो दृष्टिकोण यी सबै क्षेत्रहरूबाट हामीले प्राप्त गरेको ज्ञान जस्तै हो।  हामीले धेरै ठाउँमा देखेका छौं कुनै पनि एउटै कुरालाई लिएर हरेकको राय बिचार फरक फरक हुन्छ। सबैले फरक फरक सोच्छन्। यो सबै उसको दृष्टिकोण हो।  त्यसैगरी कुनै घरहरूमा आमाबाबु, केटाकेटीहरू  नम्र शिष्टाचार सरल व्यवहार र बुझ्ने हुन्छन भने  कुनै  घरहरूमा भद्र स्वभाव र नराम्रो व्यवहार भएका हुन्छन।  यो उनीहरुको मनोवृत्तिको परिणाम हो ।  सकारात्मक सोचले मानिसलाई तल्लो तहबाट उच्च तहतिर लैजान्छ।  तर नकारात्मक मनोवृत्तिले स्तर कहिल्यै माथि उकास्न सक्दैन।  सकारात्मक मनोवृत्ति भएका व्यक्तिहरू लगनशील र कार्यशिल हुन्छन।  तिनीहरूको दृष्टिकोण उनीहरूको सफलताको कुञ्जी हुन्छ।  केही व्यक्तिहरु आफ्नै मनोवृत्तिका कारण असफल हुन्छन्। असफलताको कारण  तिनीहरूको आफ्नै  मनोवृत्ति हुन्छ।  सफलता कसैको हैसियतमा निर्भर गर्दैन, यो व्यक्तिको दृष्टिकोणमा निर्भर गर्दछ।  सकारात्मक मनोवृत्तिले व्यक्तिको इच्छाशक्ति बढाउँछ र सही दिशामा डोर्याउँछ।  सकारात्मक मनोवृत्ति त्यो हो जसले व्यक्तिलाई सक्षम बनाउँछ, जसले व्यक्तिलाई भित्रबाट बलियो बनाउँछ, जसले सफलतातर्फ लैजान्छ, जसले व्यक्तिलाई सक्षम बनाउँछ।  सबैजना राम्रो गर्न चाहन्छन्, सबैजना जीवनमा सफल हुन चाहन्छन् तर सफलता उसैले भेट्छ जो सकारात्मक सोच राख्छन् जो जित्ने सोच राख्छ।  सकारात्मक मनोवृत्ति भनेको व्यक्तिले कुनै कुरामा अन्धो हुनु वा कुनै कुरालाई अन्धाधुन्ध पछ्याउनु होइन।  सकारात्मक मनोवृत्ति भनेको कुनै पनि कुराको बारेमा तार्किक रूपमा सोच्ने र सबै ठाउँमा खुला दिमागले सिक्न चाहने हो।  मनोवृत्ति दृढता र सकारात्मक सोचको बारेमा हो, निराशा र अवसाद होइन।  सकारात्मक मनोवृत्ति समाधान केन्द्रित हो, समस्या केन्द्रित होइन।  सकारात्मक दृष्टिकोण मेहनति, दूरदर्शी, उद्देश्य केन्द्रित, उद्देश्य-संचालित, दूरदृष्टि, निरन्तर प्रयास, जिम्मेवार हुनु, जीवन सन्तुलन र हरेक समय अनुसार कदम चाल्न सक्ने र अगाडि बढ्न सक्ने हो।  यदि कोही व्यक्ति  हाम्रो  हुन्छ वा राम्रो कहालिन्छ भने  भने, त्यो उसको लुगा, पेशा, अनुहार, शिक्षा, पद, इत्यादिको कारणले होइन, उसको मनोवृत्तिले हो। हामीले हेर्ने कुनै पनि वस्तु चिज वा हाम्रो जीवनमा घटने कुनै पनि परिस्थिति के हुन्छ कस्तो हुन्छ हाम्रो मनोवृत्तिमा भर पर्छ।  समय राम्रो वा नराम्रो हुँदैन ।  यो त हाम्रो मात्र दृष्टिकोण हो।  सकारात्मक मनोवृत्ति र आशावादी व्यक्तिले कुनै जटिल कामलाइ गाह्रो छ तर सम्भव छ भन्छ, तर नकारात्मक मनोवृत्ति र निराशावादी व्यक्तिले यो असम्भव छ र गर्न सकिँदैन भन्छ।  यहाँ हरेक काम व्यक्तिको दृष्टिकोणबाट प्रभावित हुन्छ।  सफल मानिसहरु हरेक समस्याको समाधान खोज्छन् भने असफल मानिसहरु हरेक समस्याको बहाना खोज्छन् ।  सकारात्मक मनोवृत्तिको मतलब व्यक्तिमा  नकारात्मक गुण छैन भन्ने होइन।  सकारात्मक मनोवृत्ति व्यक्तिको गुणस्तरले निर्धारण गर्दछ।  केही गुणहरू: संयम, नम्रता, धैर्यता, आत्म-विश्वास, सचेत जसले व्यक्तिलाई सकारात्मक बनाउँछ।
सकारात्मक मनोवृत्तिले व्यक्तिहरूलाई बलियो बनाउँछ। सकारात्मक दृष्टिकोणले व्यक्तिलाई प्रेरणा प्रदान गर्दछ, व्यक्ति शक्तिवर्धक हुन्छ, जिवनमा आनन्द आउँछ।  परिवारको, समाजको र राष्ट्रकै जिम्मेवार
व्यक्ति हुन्छ। र व्यक्ति  व्यक्तिहरू बीच सामूहिक भावना बृद्धि गर्दछ। समस्या समाधान  दृष्टिकोण हुन्छ। र व्यक्तिहरू बीचको सम्बन्धलाई बलियो बनाउँछ।  एक व्यक्तिमा भएको सकारात्मक मनोवृत्तिले  परिवर्तनको अनिश्चितता र तनाव सहन सक्ने बनाउँछ। 

सकारात्मक वा नकारात्मक दृष्टिकोण भनेको व्यक्तिले बाल्यकालमा बिताएको समय हो। तर वाल्यकालमा जस्तोसुकै वातावरण भएता पनि तपाईंले अभ्यास मार्फत आफ्नो मनोवृत्ति परिवर्तन गर्न सकिन्छ।  व्यक्तिले आत्म-अनुशासन र समर्पण बाट सकारात्मक मनोवृत्ति विकास गर्न सक्छ। सकारात्मक मनोवृत्ति जागरूकता र इच्छाबाट जन्मन्छ।  हाम्रो मनोवृत्तिको लागि जिम्मेवार हाम्रो व्यवहार, हाम्रो कार्य, हाम्रो स्वभाव, र हामी हो।  तपाईको गल्ती वा तपाईको विगतबाट सबैभन्दा ठूलो पाठ सिक्न सकिन्छ।  इमानदार, निष्ठावान, वफादार र सकारात्मक सोचले सकारात्मक मनोवृत्ति निर्माण गर्छ।


  " If you look the right way, you can see that the whole world is a garden.” 

“Keep your face always toward the sunshine - and shadows will fall behind you.”     



Anil kalaunee 

Comments

Post a Comment

If you have any doubt and if you want to say something you can type on comment box.